मोरङ : बिराटनगर-१३ स्थितमा टायर पड्कदा भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ ।

बिराटनगर-१३ का जितेन्द्र यादबको सटर भाँडामा लिई गाडिको टायरको पम्चर बनाई बस्दै आएका थिए ।

आज दिउँसो साढे १ बजे पुरानो टायरमा हावा हालि रहेको अबस्थामा एक्कासी टायर पड्किदा टायर भित्र रहेको फलामको रिङले टाँउको र शरिरमा चोट लाग्दा हैदरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

मृतक हैदरको शवलाई कानुनी प्रकृयाको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भनि घटना सम्बन्धमा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।