इटहरी : एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी ईश्वरबाबु कार्कीले मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गरेका छन् । नायब महानिरीक्षक कार्कीले प्रदेश एक भित्रका जिल्ला प्रहरी प्रमुखहरु संग लकडाउनको बिसयमा छलफल तथा निर्देशन दिएका थिए ।

भिडियो कन्फ्रेन्स मार्फत कार्कीले लकडाउनको पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरीलाइ निर्देशन दिएका थिए । आवश्यक सुरक्षाको उपायहरु अपनाएर उपलब्ध सामाग्री सहित फिल्डमा डिउटी खटाउने,पर्चा,पम्प्लेट बितरण तथा माईकिङ गर्न समेत भनेका थिए ।

त्यसैगरी लक समय लम्बिदै जाँदा हुनसक्ने घरेलुहिंसा, महिला तथा बालबालिका माथी हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रहने बिसयमा समेत छलफल भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता सुमन कुमार तिम्सिनाले बताए ।

अहिलेको प्रतिकुल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ बिशेष चनाखो हुन पर्ने समेत कार्कीले निर्देशन दिएका थिए ।

लकडाउनको अवस्थामा सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने चोरी पैठारीलाई रोक्न सिमावर्ती क्षेत्रहरुमा बिशेष ध्यान दिई काम गर्न र क्वारेन्टाईन स्थलहरुमा भरपर्दो सुरक्षा ब्यबस्था मिलाउने बिसयमा समेत छलफल भएको थियो ।