बेलबारी : मोरङको बेलवारी नगरपालिका-८ राधानगरमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मोटरसाईकल चालक स्थानीय २१ बर्षीय सौजन कार्कीको दुर्घटना पछी विराटनगर नोबेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

मोटरसाइकलमा सवार २ जना मध्ये एक जनाको मृत्यु भएको हो भने एक जना घाईते भएका छन् । घाइते हुनेमा मोटरसाईकलको पछाडी सवार रहेका स्थानीय २२ बर्षीय साने तामाङलाई रहेका छन् ।

बुधवार राती सवा ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २८ प ७४५४ को मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किएको थियो ।