झापा : झापाको दमक नगरपालिका-३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीमा ४ घर जलरे नष्ट भएका छन् भने अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आज बिहान राती २ बजेको समयमा शिविरको बि ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको घरबाट अचानक आगलागी सुरु भएको थियो । चापागाँईको घरबाट सुरु भएको आगोले उनका छिमेकी पदम चापागाँई, रुप नारायाण दुलाल र हर्क बाहदुर सुब्बाको समेत घर जलेर नष्ट भएको छ ।

आगलागी प्रहरी, स्थानीयवासी र दमकल दमेतको सहयोगमा राती साँढे ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा कुनै मानवीय र चौपाया क्षति नभएको उक्त प्रहरीले जनाएको छ ।