झापा : जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक पक्राउ परेका छन् ।

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-७ बस्ने १६ वर्षीय निश्चल राईलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई ललाइ फकाई नजिकैको कुखुरा फर्मको दाना राख्ने कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।