इटहरी : रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बम बिस्फोट भएको छ । बेवारिसे बम पड्किँदा बाख्रा चराउन गएका चार बालबालिकाको मृत्यु भएको हो ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलका अनुसार घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको छ ।