इटहरी : ईटहरी-९ ओसियन पार्कमा रहेको रहेको प्रमोद  मोटर ग्यारेजमामा आगलागी भएको छ ।

हिजो बेलुका साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुदा तिन वटा कार जलेर नष्ट भएको छ ।

ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तिन वटै कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।