धरान : धरान-१५ भानुमार्गका एक युवकले घरायसी झगडाका कारण आत्महत्या गरेका छन् ।

२७ बर्षीय लक्ष्मण विश्वकर्माले बिहीबार राती आत्महत्या गरेका हुन । विश्वकर्माले पक्कि बाथरुमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घर झगडा पछि आत्महत्या गरेको पाइएको थप अनुसन्धान गरिरहेका धरान इलाका प्रहरी कार्यालयका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिए ।

आत्महत्याको खवर प्राप्त भएपछी घट्नास्थल नियन्त्रणमा लिएर मुचुल्का उठाइएको प्रहरीले जनाएको छ । शरिरिक रुपमा कुनै चोटपटक नदेखिएको र पोस्टमार्टममालागी मृतकका बुबा आएपछि मात्र हुने ओलील बताए ।