विराटनगर : सेवानिबृत्त कर्मचारी समाजले विराटनगर महानगरपालिकाकालाई सामग्री सहयोग गरेको छ ।
समाजले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई महानगरपालिकाको परिसरमा राहत सामग्री हस्तान्तरण गरेको हो ।

कर्मचारी समाजले दैनिक मजदुरी गरेर रोजीरोटी चलाउँदै आएका मानिसहरु भोकभोकै नहुन भनेर राहत सामग्री प्रदान गरेको केन्द्रीय अध्यक्ष पर्शुराम नेपालले बताए ।

जागिरबाट निवृत्त पुर्व सरकारी कर्मचारीहरुको छाता संगठनले नगदसहित चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्रीहरु मेयर पराजुलीलाई प्रदान गरेको हो ।

एकद्वार प्रणालीबाट स्थानीय सरकारलाई वडा तहसम्म पुग्न सजिलो हुने भएकोले पनि महानगरपालिकालाई नै राहतको सामग्री उपलब्ध गराएको केन्द्रीय अध्यक्ष नेपालले बताए ।

स्थानीय तहले राहतलाई एकद्वार प्रणालीबाट वितरण गर्न सकेमात्र विपन्नको घरसम्म राहत पुग्ने र उनीहरु भोकै नपर्ने वाताबरण सृजना हुने मेयर भिम पराजुलीले बताए ।

राहत सामग्री हस्तान्तरणका अवसरमा उपमेयर इन्दिरा कार्की, वडा अध्यक्षहरु, यातायात कार्यालय इटहरीका प्रमुख बिन्दा नेपाल, जनप्रतिनिधीहरु तथा कर्मचारी समाजका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।