इटहरी : प्रसूति व्यथा लागेर २९ वर्षीय सरस्वती रौनियार नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको लागि गएकी थिइन् । उदयपुर घर भएकी रौनियारको जब अस्पतालले ठेगाना चाल पायो त्यसै बेला उनीलाई ज्वरो आएको बहानामा रेफर गर्‍यो ।

नोबेल ले आफूले उपचार गर्न नसकेर हैन कोरोना संक्रमित बिरामी हुन सक्ने भन्दै कोसी अस्पताल रेफर गरेको हो । बुधवार बिहान उदयपुर गाईघाट घर भएकी महिलालाई अप्रेसन थिएटरबाट निकालेर कोसी अस्पताल रेफर गरेको थियो ।

२९ वर्षीय सरस्वती रौनियार प्रसूति व्यथा लागेर अपरेसन गराउन गएकी थिइन् । तर उनलाई उदयपुर घर भएको थाहपाएपछी डाक्टरले अपरेसन गर्न नसक्ने बताए । लगत्तै एक कर्मचारीले ज्वरो आएको भन्दै उनलाई कोसी अस्पताल रेफर गरेको जानकारी गराइदिएका थिए ।

Nobel Hospital

प्रसूति गराउन आएकाले लाई मात्र हैन, शुक्रवार पनि उदयपुर त्रियुगा नगरपालिकाका १६ वर्षीय भीमबहादुर खत्रीलाई अपरेसन थिएटर बाटै रेफर गरेको छ । कोरोना सङ्क्रमण महामारीको बेला विराटनगरको नोबेल मेडिकल कलेजले एकपछि अर्को बदमासी गर्दै आएको भेटिएको हो ।

उदयपुर ठेगाना भएका बिरामी लाई अपरेसन थिएटर बाट निकालेर रेफर गर्ने गरेको हो । बिहीबार देब्रे हात भाँच्चिएर उपचार गराउन आएका उनी डाक्टरको सल्लाह अनुसार नै अपरेसन गराउन राजी भए पनि ज्वरो आएको बहानामा १६ वर्षीय खत्रीलाई अस्पतालले निकालेको हो ।

शुक्रवार बिहान अपरेसन गर्ने तयारी भएको र सबै प्रक्रिया पूरा भएपछि अप्रेसनका लागि ३२ हजार रुपैयाँ जम्मा गरिसकेका थिए । भीमका काका शमशेर बहादुर खत्रीका अनुसार अप्रेसन थिएटरमा लगेपछि उदयपुरको भन्दै बाहिर निकालेर डाक्टरले रेफर पुर्जी थमाइदिएका थिए ।

Nobel-Birami-next

त्यसपछि बिहानै उनी कोसी अस्पताल पुगे । उता कोसी अस्पतालले आइतबार अपरेसन गर्ने जानकारी दिएको छ ।

कोसी अस्पतालकी निर्देशक डाक्टर सङ्गीता मिश्रले दुवै बिरामी लाई कोभिड १९ को कुनै लक्षण नभएको बताइन् । रौनियारको बिहिवारनै अपरेसन भएको र अर्को बिरामीको आइतबार अपरेसन हुने उनको भनाइ छ । अहिले कोभिड १९ को संक्रमणको डरले निजी मेडिकल कलेजले बिरामी रेफर गर्न थालेको उनको भनाइ छ ।