इटहरी : कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउनको घोषणा गर्नु अघि बजारमा मास्कको अभाव थियो । व्यापारीहरूले मास्कको कृत्रिम अभाव सिर्जना गरिरहेको धरान उपमहानगरले भने एकै ठाउँबाट ठुलो परिमाणमा मास्क जफत गर्‍यो ।

उपमेयर मञ्जु भण्डारी नेतृत्वमा धरानको अनुगमन टोलीले गार्जियनको गोदामभित्र अनुगमनमा गरेको थियो । लुकाएको मास्क भेटिएपछि अनुगमन टोलीले मुचुल्का उठाएर जफत गरेको थियो ।

लकडाउन अगाडी मात्र हैन लकडाउनको अवधिमा समेत धरान उपमहानगरपालिले अनुगमनको कामलाई तीव्रता दिएको छ । खाद्यान्नमा र अन्य सामाग्रीमा कालोबजारी गर्नेहरूलाई अहिले उपमहानगरले भटाभट कारबाही गर्न थालेको छ ।

Krishi-Bazar 4 मङगबार मात्र अनुगमन गर्ने क्रममा धरानको वडा नं १२ मा गीता मन्दिर लाइनमा विजय साहको पसलमा साहको पसलमा ५० पर्ने गुट्खा ९० मा बिक्री भइरहेको विषयमा समेत उपमहानगरले कारबाही गरेको थियो ।

उपमहानगरले महँगो मूल्यमा खाद्य सामग्री बिक्री गरेको लगायतको उजुरीमा ५ हजार जरिवाना गराएको हो ।

त्यसैगरि धरान-१६ भीमसेन पथमा किराना पसल सञ्चालन गर्दै आएका सन्तोष शाहले धरान विना अनुमति र कृषि बजारले तोकेको मूल्य भन्दा तेब्बर बढी मूल्यमा तरकारी खरिद विक्री गरेको विषयमा समेत पक्राउ गरेको थियो ।

पहिलो पटक गल्ती गरेको भन्दै नगद ५ हजार रुपैयाँ जरिवाना गर्ने गरी निर्णय गरेको छ । अनुगमन टोलीले आलु, प्याज, बन्द कोभी, सिमी गरी करिब २ सय किलो तरकारी पनि बरामद समेत गरेको थियो ।

उपमहानगरपालिकाकी उपप्रमुख भण्डारीको अनुसार बजार अनुगमन देखि अन्य आपूर्तिको विषयमा धरानले निरन्तर काम गरिरहेको बताउँछिन् ।

'अनुगमन निरन्तरता दिएर कारबाही गरिरहदा उपभोक्ताहरूले पनि सिधै आफूहरूले सम्पर्क आएर गुनासो गरिरहनु भएको छ ' भण्डारीले भनिन् 'प्रहरी सहितको हाम्रो टोलि अनुगमनको काम निरन्तर गरिरहेका छौ, कारबाही पनि गरिरहेका छौ ।'