इटहरी : सरकारले लकडाउनलाई खुलुलो बनाउने संकेत दिएको छ । आइतबार सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बैशाख २५ गते सम्म सरकारले देशभरि लकडाउन बढाएको थियो । तर सरकारले २६ बैशाखमा बजेट अधिवेशन बोलाएकाले २५ गतेबाट लकडाउनको स्वरुप परिवर्तन वा खुकुलो हुन सक्ने देखिन्छ ।

अनलाइनखबरले आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको बैठकको एक मन्त्रीलाई उदृत गर्दै लेखेको छ । सरकारले जेठ १४ गते भित्र आउने सालको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसैअनुरूप सरकारले बजेटको तयारि तत्कालै सुरु गर्नुपर्ने बाध्यात्मक कानुनि व्यवस्था छ । बजेट पेस गर्न सरकारले तत्काल मन्त्रिपरिषदको बैठक बसेर संसद बैठक आव्हान गरेको हो ।

बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।