धरान : झट्ट हेर्दा कुनै मेलाझै देखिन्छ । आ-आफ्नो बालबालिका बोकेर लाइनमा उभिएका सर्वसाधारणको लाईनले चुनावमा मतदान गर्न उभिएझै लाग्छ । यो दृश्य कुनै मेला र चुनाव नभएर धरानमा बालबालिकालाई लगाइने खोप केन्द्रको दुष्य हो ।

3

आइतबार धरान ८ स्थित नेपाल परिवार नियोजन सङ्घ र धरानको छाता चौक स्थित धरान स्वास्थ्य चौकीमा खोप लगाउने सर्वसाधरणहरुको निकै बाक्लो भिड देखिएको थियो । सा साना दुधे बालक देखि १५ महिनाका बालबालिका बोकेर लाइनमा उभिएकाहरूको भिडले लकडाउनको नियमनै उल्लङ्घन भएको थियो । सामाजिक दुरी कायम गर्नुपर्नेमा कुनै पनि खोप केन्द्रहरूमा सामाजिक दुरी कायम भएको देखिएन । खोप केन्द्रको भिडले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको देखिएको थियो ।

4

यसरी खोप केन्द्रहरूमा खोप लगाउन आउनेहरूको भिडको बारेमा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले लकडाउनका कारण १ महिना खोप कार्यक्रम रोकिएकोले भिड बढेको हो । विशेष सुरक्षा र सामाजिक दुरी कायम गरेर रोकिएको खोप कार्यक्रम गएको वैशाख १४ गते देखि धरान उपमहानगरपालिकामा सुरु भएको हो ।

Untitled-1

आफूले पनि खोप केन्द्रमा भिड भएकोले यसलाई व्यवस्थित गर्न नगर प्रहरीलाई भनिसकेको प्रमुख मेहेताले बताए । धरान उपमहानगरपालिका भित्र मात्रै एक वर्षमा ३ हजार ५ सय ३७ जनाले खोप लगाउनेछन् । २० वटै वडामा एकै दिन खोप कार्यक्रम सञ्चालन गर्दा भिड नहुने र समस्याको समाधान हुने बताइए पनि सबै वडाहरूको मासिक खोप लगाउने तालिका बिग्रने हुनाले त्यसो नगरिएको प्रमुख मेहेताले बताएका छन् ।

7