इटहरी : नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्‍जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन् ।

देवकोटाले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालगञ्‍जमा पाँच पुरुष र चारजना महिलामा कोरोना भएको पुष्टि गरेका छन् । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिलाहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।