संखुवासभा :  संखुवासभाको सभापोखरी गाउँपालिका-२ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन् ।

शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा राई सहित उनकी श्रीमती २४ बर्षीया मनिला राई, छोरी ३ बर्षीया सुपी राई, छिमेकी २५ बर्षीय दिनेश राई, निजको श्रीमती २४ बर्षीया अनिता राई र निजको ३ बर्षीया छोरी आकांक्षा राई बिरामी भएका हुन् ।

बिरामी ६ जनाको नै जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।