धरान :लकडाउनको बेलामा धरानका बैकहरूमा पेन्सन र भत्ता लिनेको भिड बढेको छ ।

पेन्सन अड्डा काठमाडौँले वैशाख १६ गते हालेको भत्ता १७ गते वाट वितरण गर्न बैकहरूले सुरु गरेको नेपाल बैङ्क लिमिटेड धरान शाखाका शाखा प्रमुख कमल भुजेलले बताए । भुजेलका अनुसार बैकमा पेन्सन र ज्येष्ठ नागरिकहरूलाई सुरक्षा भत्ता वितरण गर्नुपर्दा बैकमा भिड बढेको हो ।

लकडाउनको बेलामा पेन्सन र सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सेवाग्राहीहरूको बाक्लो उपस्थितिले गर्दा सामाजिक दुरी पनि कायम गर्न नसकेकोले कोरोना सङ्क्रमणको उच्च जोखिम बढेको प्रमुख भुजेलले दुखेसो पोखे ।

यस्तै भिड धरानको राष्ट्रिय वाणिज्य बैकमा पनि रहेको छ । वैशाख १७ गते देखि वाणिज्य बैकमा पनि भिड बढेको हो । राष्ट्रिय वाणिज्य बैकमा पहिलो दिन १ सय बढी ,दोस्रो दिन १ सय ७५ र तेस्रो दिन २ सय २५ जनालाई पेन्सन भत्ता वितरण गरेको राष्ट्रिय वाणिज्य बैकका प्रमुख हरिबाबु आचार्यले बताए ।

नेपाल बैक लिमिटेडको जस्तै वाणिज्य बैकमा पनि सेवाग्राहीको बाक्लो उपस्थिति भएकोले भिडलाई व्यवस्थापन गर्न नै नसकेको प्रमुख आचार्यले बताए ।

Bank-Photo

बैङ्कहरूले सामाजिक दुरी कायम गरी सेवाग्राहीलाई सेवा दिन खोजे पनि सेवाग्राहीले बैकको अनुरोधलाई नमानिदिँदा समस्या भएको बैकहरूले बताएका छन् ।