धरान : बाँकेको नेपालगन्जमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको हो ।

यसअघि आज नै मन्त्रालयले ९ जनामा कोरोना सङ्क्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

ती व्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अहिले सम्म नेपालमा सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ भने निको हुनेको सङ्ख्या १६ पुगेको छ ।