धरान : धरान उपमहानगरपालिकामा सुनसरी उद्योग वाणिज्य सङ्घ, २० वटै वडाका वडाध्यक्षहरूको बैठकले लकडाउनमा सर्वसाधारणको जनजीवनलाई सहज बनाउन बिहान ६ बजे देखि ९ बजे सम्म खाद्यान्न र तरकारी जन्य बस्तु खरिदका लागि धरानमा लकडाउन खुकुलो बनाइएको छ ।

Baishak-22-3

सर्वसाधारणको जनजीवनलाई लकडाउनमा सहज बनाउने स्थानीय सरकारको निर्णयमा सर्वसाधरणहरुले लकडाउनमा पालना गर्नुपर्ने कुनै पनि नियम पालना नगरी बजारमा सर्वसाधारण निस्किन थालेको देखियो ।

धरान उपमहानगरपालिकाले तरकारीजन्य बस्तुको सहजताका लागि तरकारी बिक्री वितरणका लागि वडाहरूको सिफारिसमा खुद्रा तरकारी पसलहरूलाई अनुमति दिएर तरकारी विक्रिवितरण गर्दै आएकोमा हिजो देखि खाद्यान्नमा पनि त्यही सिस्टम लागु गर्ने निर्णय भएको थियो ।

Baishak-22-5

तर धरान उपमहानगरपालिकाको निर्णय विपरीत धरान बजारका विभिन्न स्थानमा खाद्यान्नका पसल मात्रै होइन अरू पसल पनि खुलेका थिए । त्यो सँगै धरानको भानु चौक, भानुसब्जीमण्डी क्षेत्र, छाता चौक उत्तरमा सर्वसाधारणको बाक्लो भिड देखिएको थियो । सर्वसाधरणले धरानमा सवै भन्दा धेरै सवारी साधन मोटरसाईकल प्रयोग गरेको देखियो ।  

Baishak-22-7

यसरी धरान उपमहानगरपालिकाले सर्वसाधारणको जनजीवन सहज होस भनेर गरेको निर्णयमा सर्वसाधारणले लकडाउनमा पालना गर्नुपर्ने कुनै किसिमको नियम पालना नगरी सर्वसाधारण घर बाहिर निस्किनुले धरानमा कोरोनाको जोखिम बढेको छ ।

Untitled-6

धरान नजिकैको उदयपुर र भोजपुर जिल्लामा कोरोना सङ्क्रमित भेटिनु र कोरोना परीक्षण र उपचार धरानमा हुनुले पनि धरान संवेदनशील क्षेत्र हो । त्यसैले लकडाउनमा सर्वसाधारण आफै सचेत र सजग हुन जरुरी छ ।