इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले खान नपाएर जनता मरे भने प्रधानमन्त्रीलाई हत्कडी लगाउनु पर्ने भन्दै आक्रोस पोखेका छन् ।

बेला बेला अनेक काण्डले चर्चामा आइरहने इटहरीका मेयर चौधरीले राहात वितरण सम्बन्धि सर्वपक्षीय बैठकमा यदि कोहि जनता भोकले मरे प्रधानमन्त्रीले जिम्मा लिनु पर्ने बताए ।

केही साताअघि मात्रै ६ महिनासम्म लकडाउन भएपनि इटहरी उपमहानगरका विपन्न, गरिब र श्रमिक बर्गका सदस्यहरुलाई खानाको व्यवस्था गर्न सक्ने बताएका चौधरीले अहिले संघिय सरकार तिर समस्या तेर्साएका हुन् ।

संविधानमा खाद्य सम्प्रुभाताको हक रहेको बताउदै चौधरीले यदि कोहि जनताले खान नपाए सरकारलाई कानुन लाग्ने चौधरीले बताएका थिए ।

बैंठकमा प्रदेश १ का संसाद लिलम बस्नेत, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेल, महासचिव पिताम्बर पोख्रेल, केही वडाका वडाअध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

लकडाउन सरकारले लगाएकाले संघिय र प्रदेश सरकारले पनि जनता भोकै हुन नदिन सहयोग गर्नु पर्ने चौधरीले बताए । केहि दिन अगाडी प्रदेश सरकारले १५ लाख दिएपनि त्यो रकम धेरै न्यून भएको थियो ।

उनले कोरोना संक्रमण परीक्षणका लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री पनि आवश्यक परेजति दुवै तहका सरकारले दिन नसकेको बताए ।