धरान: ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम गोर्खा वेल्फेयर ट्रस्टले कोरोना रोकथामका लागि धरान उपमहानगरपालिकालाई विभिन्न सामाग्री दिएको छ ।

डीएफटिडी  नेपालको आर्थिक सहयोगमा कोरोना नियन्त्रणको लागि विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

धरान उपमहानगरपालिकाले चालेको कदम प्रति ऐक्यबद्धता जनाउँदै कार्यक्रम प्रमुख पूर्ण प्रसाद लिम्बु लगायतको टोलीले नगरप्रमुख तिलक राई र उप-प्रमुख मञ्जु भण्डारी लाई सामाग्री हस्तान्तरण गरेको हो ।

सर्जिकल माक्स छ सय थान, हेन्डवास लिक्युट दुई सय वोतल, रबर गोल्ब्स एक सय जोडि, सेनिटाईजर पाँचसय एमएलको दुईसय बोतल, सेफ्टि रबर बुट एकसय जोडि हेन्डवास पोईन्ट तिन थान, प्लास्टिक बकेट तिन थान, डसबिन तिन थान, प्लास्टिक केस तिनथान रहेको गोर्खा वेल्फेयर ट्रस्टका पुर्व क्षेत्र कार्यालयका प्रमुख बुद्द बहादुर गुरुङले बताए ।