धरान : धरानको वडा नं. ३ मा हाल सम्म पनि राहत नपाएका ७० घर परिवारलाई राहत वितरण गरिएको छ ।

मंगलबार वडा कार्यालयको समन्वयमा स्थानीय मिङमा भोटेको सक्रियतामा उक्त राहत वितरण गरिएको हो । धरान संखुवासभा सरोकार समाज धरानका अध्यक्ष समेत रहेका मिङमा भोटेले वडाबाट पाएको राहत प्रयाप्त नभएका तथा राहत नपाएर समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको बताए ।

राहतमा १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुन र न्यूटला वितरण गरिएको थियो ।
वडा कार्यालयबाट राहत पाएपनि ठूला परिवार भएका र सरकाले दिएको निर्देशिकाले समेट्न नसकेकाहरुलाई राहत वितरण गरिएको ३ नं. वडा सदस्य हरी हारीले बताए ।