धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी प्रमुखमा कमल थापा आएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रमुखकोरुपमा एसपी कमल थापा बुधवार हाजिर भएका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञ विनोद पोख्रेलको एसएसपीमा बढुवा भई प्रदेश नं. २ को जनकपुरमा सरुवा भएकाले सुनसरीको प्रहरी प्रमुखको ठाउँ खाली थियो ।

प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेकोमा कमल थापा सुनसरी आएका हुन् । यस अघि केन्द्रीय अनुसन्धान ब्युरो सम्पत्ति सुदृढीकरण महाशाखा काठमाडौँको प्रमुख भई तिन वर्ष काम गरी सकेका कमल थापा २०५८ सालमा प्रहरी निरीक्षकबाट सुदूर पश्चिम अञ्चल धनगढीवाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।

डिएसपी भएर जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा खटिसकेका र केन्दिय अनुसन्धानमा सिआर भएर काम गरेका थापाले भने 'मेरो सम्पत्ति सुदृढीकरण महाशाखामा लामो अनुभव छ त्यसैले आफू एक नं प्रदेशमा आएकाले सुनसरिलाई बुझेर अनुसन्धानका सानो ठुला कुनै पनि कन्जुस्याइँ नगरी सभ्य ,आदर्श र अपराधरहित समाज बनाउन कार्य गर्ने छु  ।