धरान :  उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा पछिल्लो समय थप ३ सय ३५ जनाको थ्रेट स्वाब संकलन गरिएको छ ।

भुल्के क्षेत्रमा रहेका २८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरको स्वास्थ्यकर्मी टोलीले स्वाब संकलन गरेको हो ।

संक्रमित क्षेत्र भुल्केका मुस्लिम समुदायका २ सय ३५ र अन्य समुदायका सय जना गरेर जम्मा ३ सय ३४ जनाको स्वाब नमुना संकलन गरिएको गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिएका छन् ।

हिजो बुधवार एक घर एक जना गैर मुस्लिम समुदायका स्थानियको पनि थ्रोट स्वाब संकलन गरिएको भुल्केका संञ्चारकर्मी यदु ढकालले जानकारी दिए ।

हिजो संकलन गरिएको थ्रोट स्वाबको स्याम्पल १ सय धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र १ सय ३५ नमुना विराटनगरको कोशी अस्पताल पठाईएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन् ।