संखुवासभा : जंगली च्याउ खाएर बिरामी भएकी संखुवासभाको सभापोखरी गाउँपालिका-२ की २४ बर्षीया मनिला राईको उपचारको क्रममा मृत्यु भएको छ ।

गत २० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुई घर परिवारका ६ जना बिरामी भई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएको थियो ।

उपचार गराई अस्पतालबाट डिस्चार्ज समेत भएर घर गएका मध्ये २४ बर्षीया मृतक मनिला र २४ बर्षकै अनिता राईलाई पुन श्वास प्रश्वासमा समस्या देखिएपछी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा मनिला राईलाई थप उपचारको लागी बिराटनगरको नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।