धरान : नेपालमा आज फेरी एक जनामा कोरोना सङ्क्रमण थपिएका छन् ।

नेपालगन्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या नेपालमा १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् ।

यसअघि ३० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । बाकेको नेपालगन्जमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ ।