धरान : विराटनगरको कोभिड १९ अस्पतालमा उपचार गरी रहेका ८ जना कोरोना सङ्क्रमित निको भएर शुक्रवार घर फर्किएका छन् ।

डिस्चार्ज हुनेहरूमा १ भारतीय नागरिक, २ जना विराटनगर महानगरपालिकाका र बाँकी ५ जना उदयपुर भुल्केको रहेको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सङ्गीता मिश्रले जानकारी दिइन् । कोभिड १९ अस्पतालमा अव भोजपुर, झापा र उदयपुरका १७ जनाको उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मेसु डा. मिश्रले बताइन् ।

कोभिड १९ अस्पतालमा पहिलो चरणमा आएका कोरोना सङ्क्रमितहरूको उपचारमा खटेका २६ जना स्वास्थ्यकर्मीहरुको टोली पनि क्वारेन्टाइन आज घर फर्केका छन् ।

विराटनगरको इष्टर्न स्टार होटेलको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीहरुमा ५ जना डाक्टर सहित २६ जना चिकित्सकको टोली १४ दिन पछि क्वारेन्टाइनबाट घर फर्किएका हुन् ।
७ दिन अस्पतालमा बसेको टिम १४ दिन क्वारेन्टाइनमा बसेर आज घर जानु अघि स्वास्थ्यर्मीमा गरिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।