झापा :  झापाको कमल गाँउपालीका-५ पाडाजुँगी छेउमा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

ना ६ ख ५४०१ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले बा ८६प ९७७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा चुलाचुली-४, इलाम ठेगाना भएका ३१ बर्षीय रणबहादुर लिम्बूको मृत्यु भएको दमक ट्राफिक प्रहरीले जनाएको छ ।