पथरी : बालिका बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय राजन लिम्बू पक्राउ परेका छन् ।

१७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई बिहीबार इलाका प्रहरी कार्यालय पथारिले पक्राउ गरेको हो ।

लिम्बूले दलित परिवारकी बालिकालाई विगत छ महिनादेखि धम्की दिँदै पटक–पटक करणी गरेको खुलेको छ ।इलाका प्रहरी कार्यालय प्रमुख दिलीप गिरीका अनुसार पीडितकी आमाले उजुरी दिएकी थिइन् ।

महिनावारी रोकिएर पेट बढेर जाहेरी दिएपछि लिम्बू फरार भएका थिए । स्वास्थ्य परीक्षणबाट बालिकाको पेटमा लिम्बूको पाँच महिनाको गर्भ रहेको र लिम्बुले जबरजस्ती गरेको स्वीकार गरेको गिरीले बताए ।

उनी विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको छ । पीडित गर्भवती बालिकालाई भने संरक्षणका लागि ओरेक नेपालको जिम्मा लगाइएको छ।