इटहरी : विभिन्न विषयहरूमा विवादमा आइरहने इटहरीका मेयर द्वारिकलाल चौधरीको विषयमा छानबिन गर्न नेकपा इटहरीका नगरसदस्यहरूले माग गरेका छन् । पार्टीबाट निर्वाचित मेयर विभिन्न विषयमा विवादमा चौधरी आएकाले सत्य तथ्य पत्ता लगाउन केही सदस्यहरुले पार्टीमा निवेदन दिएका हुन् ।

मेयर जोडिएको विवादित विषयहरूमाथि सत्य तथ्य छानबिन गरी आवश्यक कारबाही गर्न ७ जना नगर सदस्यले माग गरेका छन् । इटहरी नगर कमिटी सदस्यहरू मन्दिरा भट्टराई,अरुण गुरुङ्ग,फडिन्द्र बहादुर मगर,रन्जु सिग्देल,डिल्ली प्रसाद आचार्य,शान्ति गजमेर,र टंकमणी नेपालले इटहरी नगर अध्यक्ष लाई संयुक्त ध्यानाकर्षण पत्र लेखेका हुन ।

मेयरको विषयलाई लिएर हल्ला तथा समाचारहरूमा आएका विषयहरूमा आफूहरूको ध्यानाकर्षण भएको निवेदनमा उल्लेख गरिएको छ । केही दिन अगाडी मेयरको विषयमा नेपाली काँग्रेस इटहरीले जारी गरेको विज्ञप्तिलाई समेत इंकित गर्दै सत्य तथ्य बाहिर ल्याउन माग गरिएको छ ।

व्यक्ति पार्टी भन्दा माथि हुन नसक्ने उल्लेख गर्दै पार्टीमा आबद्ध जो सुकै नेतृत्व वा कार्यकर्ताले गल्ती गरेमा कारबाही हुनुपर्ने माग नगर सदस्यहरूले गरेका छन् ।

मेयर चौधरी इटहरीको मात्र नेता नभई पार्टीको नेतृत्व समेत भएको बताउँदै बेलैमा कार्यकर्ताहरू माझ सत्य उजागर गर्न निवेदनमा माग गरिएको छ ।

nibedan nekapa