धरान : उदयपुरको त्रियुगा नगरपालिका वडानं. ३ भुल्केमा आज कोरोना सङ्क्रमित पुष्टि भएकाहरूको पहिलो पटक गएको वैशाख ७ गने गरिएको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

उनीहरूको परिवार सङ्क्रमित थिए त्यसैले पुन शङ्का लागेर परीक्षण गर्दा तीनै जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताए । आज सङ्क्रमित पुष्टि भएका मध्ये ४५ वर्षीय महिलाको छोरा र ६५ वर्षीय महिलाको छोरा, २ जना नाति, छोरी, जवाई पहिले नै सङ्क्रमित भई सकेका थिए । आज उनीमा पनि रिपोर्ट पोजेटिभ आएकोले अव एकै परिवारको ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

आज कोरोना सङ्क्रमित पुष्टि भएकाहरूलाई विराटनगर ल्याउने तयारी भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीका अनुसार उनीहरूलाई कोरोना विशेष अस्पताल विराटनगर ल्याउने तयारी भइरहेको हो । केही दिन अघि ३ सय ३५ जनाको थ्रोट स्वाब को स्याम्पल लिई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पताल विराटनगर पटाइएकोमा अझै १ सय २५ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि प्रमुख सुबेदीले बताए ।

बिहान ८ बजे नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितहरूको बारेमा पुष्टि गरे पनि अहिले सम्म सङ्क्रमितहरूलाई अस्पताल ल्याउन समय लाग्नुको कारण सङ्क्रमितहरूको फरक फरक विवरणले समस्या भइरहेको श्रोतको दाबी छ ।