इटहरी : लकडाउनको कारण स्थगित भएको जोगबनी-किमाथाङ्का सडक अन्तर्गत इटहरी–धरान सडकखण्डको निर्माणको काम पुन: सुरु भएको छ । इटहरी मुख्य चोक देखि उत्तर धरान सडकखण्ड अन्तर्गतको काम सञ्चालन हुन् थालेको हो ।

लकडाउन भन्दा अगाडि बाटोको सडकको केन्द्रबाट दायाँ बायाँ २५–२५ मिटर चौडा बनाउने गरी सीमा खाली गर्ने निर्देशन जारी गरेको थियो । कान्तिपुर दैनिकमा १५ दिने सूचना जारी गरेर आयोजना कार्यालयले सडक भित्र पर्ने भत्काउन भएको थियो ।

तर लकडाउनको कारण सो सूचना कार्यान्वयन नभए पनि सडक सम्बन्धी अन्य काम भने सुरु भएको हो ।सडकलाई ६ लेन बनाउन विभिन्न खण्डमा निर्माण कार्य भइरहँदा इटहरीको मुख्य चोक क्षेत्रमा केही महिना अगाडी खन्न थालिएको थियो ।

निमार्ण कार्य ढिलो भएको भन्दै विरोध हुँदै आएकामा ठेकेदारले लकडाउनको समयमा काम सुरु गरेको छ ।