इटहरी : लकडाउनको समयमा सिंहदरबार अगाडिको निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चिनियाँ नागरिकलाई मुद्दा चलाइने भएको छ । प्रहरीका अनुसार चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालिलाई उदृत गर्दै राससले चिनियाहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने जनाएको छ ।

शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ भने अन्यलाई छाडिएको छ ।