पथरी : पथरीमा सिरिजंगा चुम्लुङ भवन निर्माण हुने भएको छ ।

नगरको वडा नं. १० मा रहेको सिरिजंगा धार्मिक वनमा रहेको जग्गामा शनिबार नगर प्रमुख दिलिप कुमार राईले भवनको सिलान्यास गरेसंगै भवन बन्ने पक्का भएको हो ।

आर्थिक वर्ष ०७६/०७७ मा प्रदेश सरकारबाट शसर्त अनुदान ४५ लाख र उपभोक्ताबाट ५ लाख ४४ हजार २४६ रुपैया गरेर जम्मा ५० लाख ४४ हजार २४६ रुपैयामा भवन बन्ने भएको हो ।

सो भवन निर्माण सम्पन्न गर्नका लागि १ करोड १३ लाख लाग्ने प्राविधिक लागत स्टिमेट रहेको छ ।
सिरजिंगा चुम्लुङ भवन २ वर्ष भित्रमा आधुनिक सुविधा सम्पन्न र मौलिकता झल्कने गरिको निर्माण सम्पन्न गरिने समितिका सचिव प्रेम बहादुर लिम्बूले बताए ।