धरान : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ नहरचोकबाट ठुलो परिणाममा लागुऔषध बरामद गरेको छ । बिशेस सुचनाको आधारमा सुनसरी प्रहरीले धरानका दुई युवासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपलिका-३ का राज कुमार मण्डललाई ३ हजार ८ सय ४० क्याप्सुल ट्रोमाडोल र ४ बोतल डाईलक्स डि.सी. तथा १६ हजार ७०० नगद र १ थान मोवायल सहित शनिवार अपरान्ह ४ बजे पक्राउ गरेको हो ।

प्रदेश १-०२-०४०-प .५३२७ नम्वरको मोटरसाईकलमा सवार रहेका मण्डल नहरचोकमा उक्त परिणामको लागुऔषध सहित पक्राउ परेका हुन् ।

यसैगरी को २२ प ७३५३ नम्बरको मोटरसाईकलमा उक्त लागुऔषध खरिद गर्न आएका धरान उपमहानगरपालिका -८ का २७ बर्षीय अजय श्रेष्ठ र धरान-५ का २८ बर्षीय अर्जुन कार्की पनी पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ५७ हजार ५ सय १० रुपैया र मोबाईल २ थान बरामद गरेको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।