धरान : धरानका दुई किशोरीहरूलाई काममा लगाइदिन्छु भनेर लाग्दै गर्दा चतराबाट दुई जना युवकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीहरूलाई लहानमा काम लगाई दिने भन्दै झुक्याएर लैजाँदै गरैको अवस्थामा शनिवार चतराको कोसी पुलबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दुवै किशोरीको उद्धार गरेर सशस्त्रले मानव बेचबिखनमा  संलग्न रहेको आशंकामा किशोरीहरूलाई लाग्ने दुई जनालाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । मोटरसाइकलको पास बनाएर धरान–११ की १४ / १७ वर्षका किशोरीलाई कोसी पुल हुँदै लहान लग्न लागेका थिए ।

पक्राउ पर्नेमा जनकपुर–७ का ललन मण्डल र महेशप्रसाद यादव रहेको चतरा सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिए । सशस्त्रले सोध्ने क्रममा जनकपुर लैजानु लागेको कुरा खुलेपछि दुवै किशोरी लाई झुक्याएर बेचबिखनको लागि लैजान लागेको आशंकमा दुई जना युवकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको न्यौपानेले बताए ।

पक्राउ  दुइजनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाइएको छ । सशस्त्र प्रहरी अनुसार त्यस मध्ये एक जनकपुर–७ घर भएको बताउने ललन मण्डलको साथ ज १ प ८४८५ नम्बर मोटरसाइकलमा धरान देखि ३ जना आएका थिए ।

उनलाई एउटा मोटरसाइकलमा किन तिनजना लिएर  हिँडेको भनी सोधपुछ गर्दा मेरो साहुको छोरीहरू धरानमा बिरामी बुबा भेटेर आएको भनी बताएका थिए । आमा अझै हस्पिटलमामा नै हुनुहुन्छ भनेर ललनले भनेपछि न्यौपाने आमाको मोबाइल नम्बरमा फोन गरी कुराकानी गर्दा ‘म अहिले बारी छु’ भन्दै जवाफ दिदैं फोनै काटिदिएपछि झनै शङ्का उत्पन्न भएको न्यौपानेले बताए ।

धरान बाट चतरा हुँदै लहान जाने भनी हिँडेका उनीहरू लाई सशस्त्र प्रहरी बल चतराको एउटा चेकपोस्ट बाट तीव्र गतिमा भागेपछि भण्डारीटार स्थित दोस्रो चेकपोस्टले रोकेर चेकजाँच गर्दा पक्राउ परको हो ।

दुई किशोरी मध्ये एउटाको आमा र अर्को आफ्नै दिदीले जागिरका लागि लैजान दिएको बुझिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका चक्रघट्टीका प्रहरी निरीक्षक शरण कुमार दाहालले जानकारी दिए ।