धरान : धरान इलाका प्रहरि कार्यालयले वर्षअघि ज्यान मार्ने उद्योगमा फरार रहेका धरानका दुई युवालाई फरकफरक स्थानबाट पक्राउ गरेको छ ।

फरार भई पुन , प्रक्राउ पक्राउ पर्नेमा धरान–५ देउरालीका रुविन भुजेल र धरान–१६ का फुतेञ्जी शेर्पा रहेका छन् । भुजेल २०७५ साल चैत ७ गते एक युवालाई हत्याको प्रयास गरी फरार थिए भने फुर्तेञ्जीले पनि २०७६ पुस ८ गते घटना घटाई फरार रहेका थिए ।

फरकफरक घटनाका दुई युवालाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले वैशाख २७ र २८ गते फरकफरक स्थानबाट पक्राउ गरी अदालतमा हाजिर गराएको इलाका प्रहरि कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

फुर्तेञ्जीलाई धरान–११ बाट पक्राउ गरिएको हो भने भुजेललाई धरान–५ लुकिछिपी बसिरहेका समयमा इप्रका धरानबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरी उनीहरूलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धान अगाडि बढाइएको छ ।

भुजेललाइ ज्यान मार्ने उद्योग मुद्दामा थुनछेकको लागी सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएको थियो भने फुर्तेञ्जीलाई ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप लिई यस कार्यालयको हिरासतमा राखि अनुसन्धान भई रहेको न्यौपानेले जानकारी दिए ।