इटहरी : बिराटनगर कोशी अस्पताल अन्तर्गत कोरोना बिषेस अस्पतालमा उपचाररत थप दुइ जना डिस्चार्ज भएका छन् । भोजपुर हतुवागढीका २६ बर्षीय र झापा बाह्रदशीका ४० वर्षीय पुरुषहरु डिसचार्ज भएका हुन् ।

भोजपुरका राइ गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वाव परीक्षणको रिपोर्ट कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् ।

डिस्चार्ज भएका दुवै जनाले अस्पतालका अनुसार क्वारेन्टाईनमा १४ दिन बस्ने छन् । कोभिड अस्पतालमा उपचाररत आज २ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । अस्पतालमा १९ जना अहिले उपचाररत रहेको कोशी अस्पतालले जनाएको छ ।