सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिका-३ मा रहेको नागीयाङ सामुदायिक वनबाट अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् ।

बैशाख २८ गते उक्त सामुदायिक वनमा वन्यजन्तुको चोरी शिकारी भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय प्रदिप राईलाई १ थान भरुवा बन्दुक र १ वटा मरेको कालिज सहित आज बिहान ७ बजे पक्राउ गरेको हो ।

चोरी शिकारीमा संग्लग्न रहेका अर्का स्थानीय २५ बर्षीय दिपक राई भने तत्काल फरार रहेकोले निजको समेत खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी  कार्यालय सोताङले प्रहरी  जनाएको छ ।