धरान :  कपिलवस्तुमा थप १० जना कोरोना भाइरस संक्रमित भेटिएका छन ।

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या १ सय २० पुगेका छ ।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमितहरू कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरू छन् ।

एक जना पुरुषको भने उमेर खुलेको छैन । अहिले सम्म नेपालमा ३३ जना कोरोना सङ्क्रमित निको भईसकेका छन् ।