धरान : सप्तरी जिल्लामा पनि कोरोना सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ का १८ वर्षका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२१ पुगेको छ । आज बिहान नै कपिलवस्तुमा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो । सङ्क्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२१ पुगेको छ भने निको हुनेहरुको सङ्ख्या ३३ पुगेको छ ।