सुनसरी : ईटहरी उपमहानगरपालिका १६ बस्ने ३५ बर्षीय बिष्णु करेन्ट लागेर करेन्ट करेन्ट लागेर मृत्यु भएको छ ।

सोमबार बिहान ७ बजे घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

स्थानीयबासीले घटनाबारे जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय ईटहरीको टोली घटनास्थलमा पुगेको थियो ।

कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको ईटहरी प्रहरीले जनाएको छ ।