खोटाङ : खोटाङको खोटेहाङ गाउँपालिका ७ बस्दै आएका ५५ बर्षीय पदम बहादुर भुजेलको सामुदायिक वनमा लडेर १ मृत्यु भएको छ ।

बैशाख २५ गते घरबाट खेत जान भनी निस्किएका भुजेल बेलुका सम्म पनी घर फर्केर नआएपछी परिवारले प्रहरीलाई खबर गरेपछि खोटाङ बजारबाट प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोमबार ७ बजे मतकेना सामुदायिक वन भित्र बाटोदेखि करिव २०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।