इटहरी : कुनै बेला व्यापारिक हबको परिचयले चिनिएको इटहरी आजभोलिको पहिचान फरक छ । चौरास्ता अनि छोटो समयमा सहरीकरणका कारण धेरै चर्चित इटहरी आजभोलि इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीका कारण परिचित छ ।

नझुक्किनुहोस्, द्वारिकलाल चौधरीले गरेको विकाशले होइन उनले गर्ने विभिन्न हर्कतका कारण परिचित बन्दै गएको छ । इटहरी द्वारिकालाल चौधरीको सहर होइन ? अनि के भएका नगरप्रमुख सधैँ विवादमा ? यस्ता प्रश्न आजकाल सामान्य नै भइसकेको छ ।

धेरै काण्डै काण्डको नगरको रूपमा इटहरीलाई परिचित बनाउँदै छन् । उनी उपमहानगरपालिकामा निर्वाचित भएर आए देखि के के छन् त चर्चित काण्ड प्रस्तुत गर्दै छौ ।

१. आफूलाई भ्रष्ट्राचारी विरोधी किसानको छोरो हुँ भन्दै भष्ट्रचारीलाई तह लगाउने अभियानमा रहेको भन्दै आफ्नै समकक्षी राजनीतिक सहकर्मी तथा इटहरी खानेपानी का अध्यक्ष समेत रहेका रामप्रसाद चौलागाईलाई एक सार्वजनिक कार्यक्रममा भ्रष्ट्राचारी भन्दै झापड हानेका थिए । मेयरले सार्वजनिक रूपमै हातपात गरे पछि धेरै विरोध र समर्थन भएको थियो ।

यो पनी : इटहरीका मेयर चौधरीद्वारा रामप्रसाद चौलागाई पक्राउ गर्न नगर प्रहरी परीचालन

२. झापड हानेको केही समय बित्न नपाउँदै भ्रष्ट्राचार विरोधी हु भनेर सामाजिक सञ्जालमा भाइरल बनेका चौधरीले अर्को काण्ड मच्चाए । नगरपालिकामा काम गर्नु भन्दा अगाडी नै सक्किएको काममा अनुमान कै भरमा घुस लिएको भन्दै एक जना सब ओभरसियर लाई कार्यालयबाट गलहत्त्याएका थिए । त्यति बेलै पुनः वडा कार्यालयमा सुब्बा पदमा कार्यरतलाई बोलाएर सिसी क्यामेरा समेत बन्द गर्न लगाएर त भ्रष्ट्राचारी भन्दै अपशब्द प्रयोग गरेर कुटपिट गरेका थिए । कुटपिट पछि कर्मचारीबाट विरोध भएको थियो ।

३. कर्मचारीलाई भ्रष्ट्राचारी भन्दै कुटपिट गर्ने, कानुनी दायरामा ल्याएर सजाय दिनुको सट्टा आफै कानुन भन्दा माथि उठेर गरेको यो अराजक शैली प्रति स्थानीय पत्रकारले प्रश्न गर्दा पत्रकारलाई उल्टै लोपार्ने, कठालो समाउने जस्ता दादागिरी शैलीमा उत्रिएको मेयरको अर्को चर्चित काण्ड हो ।

४. विभिन्न काण्डहरू गर्दै आफू बजारमा चर्चामा रहिरहने मेयरले शिक्षा क्षेत्रमा पनि काण्ड मच्चाएका छन् । ऐलानी जग्गामा स्कुल बनाएको भन्दै बारम्बार स्कुलमा डोजर लिएर जाने ससाना बालबालिकालाई त्रसित बनाउने अर्को काण्ड हो । विद्यालयले ऐलानी जग्गा हडपेको भन्दै विद्यालय परिसर भित्र कहिले डोजर लिएर जाने, कहिले पार्क बनाउँछु भन्ने जस्ता विषय मेयरको अर्को काण्ड बन्न पुग्यो । तर त्यो विषय अझै सम्म टुङ्गो लागेको छैन ।

५. काण्ड मध्येको धेरै चर्चामा रहको काण्ड स्थानीय पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्न एक करोड छुट्ट्याएको भन्दै धम्की दिएका थिए । इटहरीको विवादास्पद सिएफएल खरिदको समाचार प्रकाशित गरेका अनुपमलाई चौधरीले नाकको डाढी भाँच्न एक करोड छुट्ट्याएको छु भने पछि ठुलो विवाद भएको थियो । पत्रकार अनुपमलाई उनले धेरै पटक धेरै विषयमा गाली गर्ने र पत्रुकार भन्दै गरेको सम्बोधन निकै आलोचित भएको थियो ।

यो पनी : इटहरीका मेयरले गुण्डागर्दी शैलीमा पत्रकारलाई दिए फेरि नाक भाँच्ने धम्की

६. स्थानीय पत्रकारलाई पत्रुकार भन्ने अनि विभिन्न काण्ड गरेर चर्चामा आएका मेयर द्वारिकालाल चौधरीको कुनै समय यति क्रेज भयो कि राष्ट्रिय समाचार माध्यमहरूले अन्तरवार्ताको लागी निकै खोजी गरे । राष्ट्रिय समाचार माध्यमले खोजी गर्ने देखि युट्युब च्यानलहरूले पनि निकै अन्तरवार्ता लिन भ्याए । आफूलाई निकै हिम्मतवाला र कसै सँग नडराउने भन्दै राष्ट्रिय सञ्चार माध्यममा बोल्दै हिँडे । यो काण्डले निकै चर्चा पाएको थियो ।

७. जसरी भए पनि आफू चर्चामा आउन मन पराउने मेयर चौधरीको बारे केही सकारात्मक त केही नकारात्मक टिप्पणी आउने गर्दछ । उनको कार्यकक्षमा कुनै समस्या लिएर जाँदा सिधा नजरले समेत नहेरी सेवाग्राही पठाउँछन् भन्ने चिया पसलको चर्चा छ भने कहिले भने मानसिक रोगी समेत भएको भन्न भ्याएका छन् ।

जे होस उनी चर्चामा रहन मन पराउँछन् । उनको अर्को चर्चित काण्ड इटहरी उपमहानगरपालिकाको गेटै अगाडी रहेको एउटा पान पसलमा उनले गरेको व्यवहार हो । इटहरीमा रहेका अनेकौँ पान पसललाई छोडेर त्यही पान पसललाई मात्र नगर क्षेत्र फोहोर गरेको भन्दै पसल बन्द गर्ने आदेश दिने, गुट्खा लगायत खोसेर लग्ने, नगरप्रहरी लाएर हटाउने धम्की दिने जस्ता काम गरे पनि फेरि चर्चामा आएका थिए ।

नियोजित ढङ्गले एउटा मात्र पान पसललाई दुख दिएको भन्दै पान पसलवालाले गुहारे पछि नेपाली काँग्रेसका नगर सभापति हेमकर्ण पौडेलको नेतृत्वमा त्यो पान पसल सञ्चालनमा आएको थियो । यो पनि अर्को चर्चित काण्ड मध्येको एक हो ।

८. इटहरी भन्ने बित्तिकै मेयर द्धारिक चौधरीको धेरैलाई सम्झना हुन्छ । मेयरले राम्रो काम गर्नु भन्दा पनि धेरै विवादमा आफ्नो समय खेर फालेको आलोचकहरूको भनाई छ । चर्चा मन पराउने मेयर चर्चा बिना कसरी रहन सकिन्छ भन्ने पिरले होला विश्वमा करोनाको त्रासले लकडाउनको अवस्था रहेको छ नेपालले पनि लकडाउन गरेको छ यो बेला पनि इटहरी सरकार आफ्नो काण्ड मच्चाउन छोडेका छैनन् ।

यो पनी : इटहरीका मेयरको धम्कि ‘तेरो बुढीलाई भोली अपहरण गर्दैछ त’ (अडियो सहित)

हालसालै रातको समयमा खैलाबैला भयो इटहरीमा ।  एकाएक इटहरी सुनसान रातमा गर्मीको महसुस भयो । यो गर्मी इटहरीका मेयर चौधरीले पैदा गरेका थिए । धेरैले सामाजिक सञ्जालमा पोस्ट गरे इटहरीका मेयरको बारे के रहेछ भन्ने बुझ्दै जाँदा विषय महिला सँग जोडिएको रहेछ सुनसान जस्तो ठाउँ अनि एकल महिलाको घरमा मेयर चौधरीले मासु, रक्सी खान गएको विषय एकाएक चर्चा भयो ।

ती एकल महिलाको घरमा रातको समयमा, अनि लकडाउनको समयमा मेयर चौधरी किन जानु परो भन्दै स्थानीय बासिन्दाले विरोध गरे पछि हाल निकै चर्चामा रहेको विषय छ ।

इटहरीको नेतृत्व, नगर पिताको यस्तो हर्कत बाट इटहरीवासी हैरान भएको र इटहरीले निकै ठुलो घाटा व्यहोरेको स्थानीयको भनाई छ ।