सिरहा : सिरहाको लहान नगरपालिका- १७ मा एक पुरूषको घांटी रेटेर हत्या गरेको अबस्थामा आज बिहान शव फेला परेको छ ।

अन्दाजी ४० वर्षीय सफिद मियांको हत्या गरिएको अबस्थामा शव फेला परेको हो । उनी सोही ठाउको स्थानीय भएको सिरहा प्रहरीले जनाएको छ ।

अहिले प्रहरी घटना स्थल पुगिसकेका छन् । गएराति उनको हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।
हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन्