इटहरी : नेपालमा एकै पटक ५७ जना नया कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयले मंगलबार १ बजेर १० मिनेटमा जारि गरेको बिज्ञप्ति अनुसार ५७ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सामा ३९ कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन् ।

स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीकाे निगरानीमा छन् । यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए।

नेपालमा भेटिएकामध्ये हालसम्म ३० जनाभन्दा धेरै निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।