धरान : पर्साका नेपाल पत्रकार महासङ्घका पदाधिकारी सहित केही पत्रकार कोरोना सङ्क्रमित भएका छन् ।

पर्सामा आज देखिएका ३९ सङ्क्रमितमध्ये नेपाल पत्रकार महासङ्घ पर्साका पदाधिकारी सहित केही पत्रकारलाई कोरोना भाइरसको सङ्क्रमण भएको नारायणी अस्पतालले पुष्टि गरेको वीरगन्जका पत्रकार केसी लामिछानेले जानकारी दिएका छन् ।

गत चैत ३१ मा तीन जनामा कोरोना सङ्क्रमण देखिएपछि रिपोर्टिङ गर्न हिँडेका पत्रकारमा कोरोना भाइरसको सङ्क्रमण पाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएको पत्रकार लामिछानेले कपुरी न्युजलाई जानकारी दिएका छन् ।