धरान : भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा धरानमा भएको विरोध जुलुसमा पक्राउ परेका सबै जना रिहा भएका छन् ।

भारतले नेपाली भुमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपाली सिमा मिचिएको भन्दै नेविसंघ र हर्क साम्पाङको टोलीले आज धरानमा विरोध प्रर्दशन गरेका थिए । सो विरोध प्रर्दशनमा नेविसंघका ९ जना र हर्क साम्पाङ समुहका ५ जना गरी १४ जनालाई प्रहहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानको कर्वड हलमा राखेको थियो भने २ घण्टा पछि सबैलाई रिहा गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।