पथरी :  क्षयरोगी भएर औषधी सेवन गर्दै गरेका पथरीशनिश्चरे नगरका २५ जना विपन्न लाई व्रिटिस नेपाल मेडीकल ट्रष्टले राहत वापत खाद्यान्न लगायतको सामाग्री वितरण गरेको छ ।

पथरीशनिश्चरे नगरका नगरप्रमुख दिलिप कुमार राई,जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य मार्फत सो राहत वापतको चामल,दाल,चिउरा र खाने तेल वितरण गरिएको हो ।

प्रति रोगीले २५ केजी चामल,५ केजी दाल,५ केजी चिउरा र ५ लिटर खानेतेल वितरण गरिएको हो ।

ट्रष्टले जिल्लाका १७ वटै पालिकाका क्षयरोगी, कुष्ठरोगी, एचआइभी रोग प्रभावित विपन्न परिवारलाई यस प्रकारको राहत वितरणको कार्यक्रम बताएको छ ।