धरान : धरान उपमहानगरपालिका वडानं. १७ मा राहत वितरणमा अत्यधिक भिड बढेको छ ।

धरान १७ रेल्वे चौक देखि दक्षिणमा सयौँ मानिसहरूको अव्यवस्थित भिड बढेको छ । आज धरान १७ ले पाँचौँ पटक ९ सय देखि १ हजार जनालाई राहत वितरण गरिरहेको १७ वडाका वडाध्यक्ष मनोज भट्टराईले जानकारी गराएका छन् । आज राहत वितरण हुने पछि सयौँ मानिस सामाजिक दुरी समेत कायम नगरी अव्यवस्थित लाइन बसेका तस्बिर स्थानीयवासी मोहन तिगेलाले आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।

Rahat-Bitaran-17-3

राहत वितरणलाई व्यवस्थित बनाउने, सामाजिक दुरी कायम गराउनुपर्नेमा यस्तो नदेखिएको बारे जानकारी गराउँदा १७ नम्बर वडाका वडाध्यक्ष मनोज भट्टराईले अहिले राहत लिनेहरूको भिडलाई व्यवस्थित बनाई सकेको जानकारी दिएका छन् । आज १७ नम्बर वडामा १० केजी चामल र आधा केजी न्युटेला विपन्न समूहलाई राहत वितरण गरिँदै छ ।

Rahat-Bitaran-17-2