झापा :  झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

दमक-५ स्थित पुरानो पाथीभरा एफएम छेउमा भएको सवारी दुर्घटनामा परि दमक १ बस्ने १६ वर्षका सोभित दर्जीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको ट्रिपरले साइकल यात्री सोभितलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिक प्रमुख यज्ञराज शर्माले जानकारी दिए ।

ठक्कर दिने ट्रिपर र ट्रिपरका चालक मकवानपुरको चुरियामाई गाउँपालिका ७ घर भई हाल दमक ५ मा बस्दै आएका वर्ष ५१ का केदार पुलामीलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ ।